चितवन । निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ चितवनको साधारण सभा तथा अधिवेशन यही फागुन १४ गते हुने भएको छ। माघ १९ गते हुने भनिएको २४औँ साधारण सभा १६औँ अधिवेशन फागुन ६ गते बसेको बैठकले फागुन १४ गते गर्ने निर्णय भएको संघका अध्यक्ष बाबुराम आचार्यले जानकारी दिए।
माघ ११ गते बसेको बैठकले अर्को सूचना नआएसम्मको लागि स्थगित गर्ने निर्णय गरेको थियो। वर्तमान अवस्था केही सहज भएको हुँदा संस्थाको गर्नैपर्ने अधिवेशन र साधारण सभा गर्ने निर्णय भएको उनले बताए। अधिवेशनको लागि भने फागुन १२ गते नोमिनेशन दर्ता गरी १४ गते नयाँ कार्यसमिति चयन हुने उनले बताए।
Facebook Comments


























