काठमाडौं, फागुन ५ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले नेपाली काँग्रेस एमसीसी पास गर्ने कुरामा अडिग रहेको बताएका छन्। कांग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ को विमोचन कार्यक्रममा उनले यो कुरा बताएका हुन्।
थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको शैलीको आलोचना गर्दै बालुवाटारमा एउटा कुरा र खुमलटारमा अर्को कुरा गर्ने पार्टी काँग्रेस नभएको बताए। ‘कांग्रेस प्रतिपक्षमा हुँदा एउटा र सरकारमा हुँदा अर्को कुरा गर्ने पार्टी पनि होइन्,’ उनले भने।
Facebook Comments


























