माघ २७ । घरेलु टोली भारतले वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ।
अहमदाबादमा बुधबार भएको दोस्रो एकदिवसीयमा ४४ रनको जित निकाल्दै भारतले सिरिज एक खेल अगाबै २-० ले जितेको हो। पहिलो एकदिवसीयमा भारतले वेस्ट इन्डिजलाई ६ विकेटले हराएको थियो।
भारतले दिएको २ सय ३८ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ४६ ओभरमा अलआउट हुँदै १ सय ९३ रन मात्र बनाउन सक्यो। वेस्ट इन्डिजका लागि शम्राह ब्रुक्सले सर्वाधिक ४४ रन जोड्दा अकिल होसेनले ३४ रन बनाए।
शाइ होपले २७ तथा ओडिन सिथले २४ रन जोडे। भारतका प्रसिद्ध कृष्णले ४ विकेट लिए। शार्दुल ठाकुरले २ विकेट लिए। यस अघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुएर २ सय ३७ रन बनाएको थियो। भारतका लागि सूर्यकुमार यादवले ६४ रनको अर्धशतकीय इनिङ्स खेले। केएल राहुलले ४९ रन जोड्दा दिपक होडाले २९ रन बनाए।
यस्तै वासिङ्गटन सुन्दरले २४ रन जोड्दा विराट कोहली र ऋषव पन्तले समान १८ रन जोडे। कप्तान रोहित शर्मा ५ रनमा आउट हुँदा युजभेन्द्र चाहल ११ रनमा अविजित रहे। वेस्ट इन्डिजका अल्जारी जोसेप र ओडिन स्मिथले २/२ विकेट लिए।


























