माघ २६ । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य सामान्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९३ हजार चार सय रुपैयाँ कायम भएको छ। मंगलबार तोलाको ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।
आज तेजावी सुनको मूल्य तोलाको ९२ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ।
चाँदीको मूल्य प्रतितोलामा २० रुपैयाँले बढेको छ। सोमबार एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा एक हजार २८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
Facebook Comments


























