चितवन, माघ २३ । चितवनको रत्ननगरका एक युवाले डेढघन्टा पानीमा तैरिएर विश्व बुक अफ रेकर्ड कायम गरेका छन्। रत्ननगर नगरपालिका–१ बकुलहरका ४० वर्षीय विकर्णकुमार श्रेष्ठले योगाशनमा बसेर डेढघन्टा पानीमा तैरिएर विश्व बुक अफ रेकर्ड रेकर्ड लण्डनमा नाम लेखाउन सफल भएका हुन्।
फाउन्डेसनले आज भरतपुरमा पत्रकार सम्मेलन गरी श्रेष्ठले वल्र्ड रेकर्ड राख्न सफल भएको जानकारी दिएको हो। वल्र्ड रेकर्डसँगै श्रेष्ठले इन्टरनेशनल बुक अफ रेकर्ड समेत राख्न सफल भएका छन्। उनले पूर्वि चितवनको खगेरी खोलामा यसको अभ्यास गर्दै सिकेको बताए।
श्रेष्ठ लायन्स क्लव अफ रत्ननगरका पूर्व अध्यक्ष र रत्ननगर जेसीजका पूर्वमहासचिव, चितवन अटो मोवाइल्स एशोसियसनका क्षेत्रगत उपसमिति सदस्य हुन्। नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य समेत रहेका श्रेष्ठले अहिलेसम्म ८३ पटक रक्तदान गरेका छन्।
Facebook Comments


























