माघ २१ । नेपालमा पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न अस्पतालबाट थप ८ हजार ४२५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९२ दशमलब ९ रहेको छ।
यस्तै, २ हजार ५२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ६५५ जनाको पीसीआर परीक्षणमा १ हजार ६०२ र ४ हजार ४१८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९२४ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा १६ कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























