माघ २१ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १२० रुपैयाँ ०८ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६४ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























