माघ २१ । लोकप्रिय गायिका अन्जु पन्तको स्वरमा गाइएको चर्चित गजल ‘न बिर्से तिमीलाई न पाए तिमीलाई’ रचना रिमालको स्वरमा पुनस् रेकर्ड गरिएको छ। एक दशकभन्दा अगाडि यो गजल निकै चर्चित भएको थियो।
यही गजललाई जगदीश समालले पनि गाएका थिए। अहिले यही गजलमा रचनाले स्वर भरेकी हुन्। विपीन किरणले लेखेको यो गजलमा महेश खड्काको संगीत छ।
पहिला म्यूजिक नेपालबाट सार्वजनिक भएको यो गीत अहिले भने किरण क्रियसनबाट सार्वजनिक भएको छ।
Facebook Comments


























