हुम्ला, माघ २० । बिहानदेखि हुम्लामा हिमपात भएसँगै हवाई सेवा प्रभावित भएको छ।
राष्ट्रिय सडक सञ्जालको पहुँच नपुगेको हुम्ला जिल्लाको एक मात्रै हवाई सेवा हो। हिमपात भएपछि नेपालगन्ज ,सुर्खेत बाट नियमित उडान भर्दै आएका निजि क्षेत्रका तारा,समिट,सीता एयरलाइन्सका उडान समेत प्रभावित भएको छ। चिसो अत्यधिक बढेर माइनस १८ पुगेको छ।
हिमपातले चिसो अत्याधिक भएसँगै सरकारी तथा गैसरकारी कार्यालयमा कार्यरत कर्मचारी लाई काम गर्न समेत मुस्किक भएको सदरमुकाम सिमकोट बजार क्षेत्र स्थानीयहरू फाटफुट रूपमा आवतजावत देखिने गरेको छ।
Facebook Comments


























