ढाका, बैशाख २६ । बंगलादेशमा कोरोना भाइरसबाट संक्रमितको संख्या १२ हजारभन्दा बढी छ। जसमध्ये दुई सयभन्दा बढीको मृत्यु भइसकेको छ। नयाँ संक्रमितहरू अहिले पनि देखिँदै आएका छन्।
यसैबीच बंगलादेश सरकारले लकडाउनका प्रतिबन्धहरू खुकुलो बनाउने घोषणा गरेको छ। जसअनुसार देशका सबै मस्जिदहरू झण्डै एक महिनापछि खुलेका छन्।
तर, बंगलादेशको अखबार ‘द ढाका ट्रिब्युन’ का एक पत्रकारलाई उद्धृत गर्दै बीबीसीले राजधानी ढाकाका मस्जिदहरूमा सरकारले बाध्यकारी भनेका गाइडलाइन्सको पालना भने नभएको जनाएको छ।
बीबीसीका अनुसार ती पत्रकारले समाचारमा लेखेका छन्, “अधिकांश मस्जिदहरूले स्यानिटाइजर जुटाउन सकेका छैनन्। मस्जिदहरूमा आइरहेका मानिसहरूले मास्कको प्रयोग गरेका छैनन्। यद्यपि, मस्जिद खुल्ने यो पहिलो दिन हो। तर, अवस्था यस्तो देखिएको छ कि समस्या तीव्रहरूमा बढ्न सक्छ।” बीबीसी
Facebook Comments


























