माघ १५ । विश्व नम्बर एक अस्लेइग बार्टी अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी छिन्।
मेलबर्नमा शनिबार भएको फाइनलमा अमेरिकी टेनिस खेलाडी डेनियल कोलिन्सलाई हराउँदै बार्टीले उपाधि जितेकी हुन्। उपाधि जित्ने क्रममा बार्टीले कोलिन्सलाई ६-३ र ७-६ (७-२) ले पराजित गरिन्।
अष्ट्रेलियन बार्टीले पहिलो पटक अष्ट्रेलियन ओपनको उपाधि जितेकी हुन्। यस्तै बार्टी १९७८ पछि अष्ट्रेलियन ओपन जित्ने अष्ट्रेलियाकी पहिलो महिला खेलाडी बनेकी छिन्।
Facebook Comments


























