माघ १५ । नेपालमा पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न अस्पतालबाट थप ५ हजार ९२४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ८९ दशमलब ५ रहेको छ।
यस्तै, ४ हजार ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार १०१ जनाको पीसीआर परीक्षणमा ३ हजार ३१८ र ४ हजार ४६१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार ५८६ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ६ कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























