काठमाडौं, माघ १३ । राष्ट्रियसभाको बैठक यही माघ १७ गते बस्ने भएको छ। संघीय संसदका महासचिव भरतराज गौतमले विहीबार सूचना जारी गर्दै माघ १७ गते सोमबार दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्ने जनाएका हुन्।
राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (१) बमोजिम बैठक बोलाएको जनाएको छ।
Facebook Comments


























