माघ १३ । सुनचाँदीको भाउ आज घटेको छ। सुन आज तोलामा ९ सय रुपैयाँले घटेको हो।
हिजो ९४ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेर तोलाको ९३ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै चाँदी आज तोलामा १० रुपैयाँले घटेको छ। हिजो तोलाको १३ सय रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको १२ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ।
Facebook Comments


























