काठमाडौं, माघ ९ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ। ओलीको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार पीसीआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको हो। ओलीकी श्रीमती राधिका शाक्यलाई पनि संक्रमण देखिएको छ।
हाल दुवैजना बालकोटस्थित आफ्नै निवासमा आइसोलेनमा आराम गरिरहेका छन्। अध्यक्ष ओलीले आज पत्रकारसम्मेलन गर्ने भएका थिए। तर, कोरोना देखिएपछि सबै पूर्वनिर्धारित कार्यक्रम स्थगित भएका छन्।
Facebook Comments


























