चितवन, माघ ८ । नेपालमा पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न अस्पतालबाट थप ७०८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९० दशमलब ७ रहेको छ।
यस्तै, १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ४६२ जनाको पीसीआर परीक्षणमा ८२१२ र ५ हजार ७२५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०४२ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा १६ कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























