चितवन, माघ ८ । चितवनका युवा गायक प्रकाश चौधरीको थारु गीत ‘हेरिरहुँ’ सार्वजनिक भएको छ ।
एनडी स्टुडियोको युट्युव च्यानलबाट आज (शनिबार) अपरान्ह् ४ बजे गीत सार्वजनिक गरिएको हो । थारु भाषा, कलासंँस्कृति संरक्षणका लागि यो गीत बजारमा ल्याएको गायक तथा मोडल प्रकाश चौधरीले जानकारी दिए ।
गीतमा चौधरीलाई थारु गीतसंगीतकी चर्चित गायिका अन्नु चौधरीले साथ दिएकी छन् । गीतको शब्द र संगीत चौधरीकै रहेको छ भने कुमार सिन्जाली मगरले अरेन्ज गरेका छन् । भिडियोमा गायक प्रकाशसंगै मोडेल रितु चौधरीको अभिनय रहेको छ । भिडियोलाई किशोर चौधरीले निर्देशन तथा सम्पादन गरेका हुन् भने निरज महतोले छायाँकन गरेका छन् ।
यस भिडियो चितवनका विभिन्न स्थानमा छायाँकन गरिएको प्रोडक्सन म्यानेजर जितेन्द्र चौधरीले जानकारी दिए ।
Facebook Comments


























