काठमाडौं, माघ १ । बागमती प्रदेश प्रधानमन्त्री (पीएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
टियु क्रिकेट मैदानमा शनिबार गण्डकी प्रदेशलाई ४० रनले हराउँदै बागमती अन्तिम चारमा पुगेको हो। बागमतीले दिएको १ सय ४४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको गण्डकीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३ रन मात्र बनाउन सक्यो।
यस अघि पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो। बागमतीका लागि विपिन आचार्यले सर्वाधिक ३० रन जोडे। प्रतिष जिसी र सुबाश खकुरेलले समान २७ रन जोड्दा लक्की कठायतले १७ रन जोडे।
नन्दन यादवले १४ रन जोड्दा इशान पाण्डे ९ र कप्तान ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भए। गण्डकीका विशाल पौडेल र कृष्ण पौडेलले २/२ विकेट लिए। अशोक श्रेष्ठ, सुबाश भण्डारी र कमल परियारले १/१ विकेट लिए।
Facebook Comments

























