माघ १ । इंग्लीस प्रिमियर लिग फुटबल अन्तर्गत ब्राइटन एन्ड होभ आल्बिओनले क्रिस्टल प्यालेससँग बराबरी खेलेको छ।
आठौं स्थानको ब्राइटनले ११ औ स्थानको क्रिस्टल प्यालेसँग १–१ को बराबरी खेलेको हो। कोनोर गालाघेरले ६९ औ मिनेटमा गोल गर्दै क्रिस्टललाई अग्रता दिलाएका थिए।
तर ८७ औ मिनेटमा क्रिस्टलका जोअचिम एन्डरसेनले आत्मघाती गोल गरेपछि खेल बराबरीमा टुंगिएको थियो। क्रिस्टलका गोलरक्षक ज्याक बटल्यान्डले खेलको ३८ औ मिनेटमा पेनाल्टी बचाएका थिए।
पास्कल ग्रोसले गरेको प्रहार बटल्यान्डले बचाउदै क्रिस्टललाई हारबाट जोगाएका थिए। बराबरीसँगै बांइटनले २० खेलमा २८ अंक जोडेको छ भने क्रिस्टलले २१ खेलमा २४ अंक जोडेको छ।
Facebook Comments


























