पुस २८ । वेस्ट इन्डिज र आयरल्यन्डबीचको दोस्रो एकदिवसिय क्रिकेट बिहीबार हुने भएको छ।
पाहुना टोली आयरल्यान्डका थप दुई खेलाडीमा कोरोना देखिएपछि मंगलबारका लागि तय भएको दोस्रो एकदिवसिय स्थगित भएको थियो। तर दुई टोलीबीच हुने भनिएको एकमात्र टी–ट्वान्टी खेल भने नहुने भएको छ।
वेस्ट इन्डिज र आयरल्यान्डबीच तीन खेलको एकदिवसिय सिरिज हुने तालिका रहेको छ। जस अन्तर्गत पहिलो खेल वेस्ट इन्डिजले २४ रनले जितेको थियो।
यी दुई टोलीबीचको तेस्रो एकदिवसिय भने जनवरी १६ मा हुने भएको छ।
एकदिवसिय सिरिज आईसीसी एकदिवसिय सुपर लिगको रुपमा रहेको जसले सन् २०२३ मा हुने विश्वकपको छनोटका लागि समेत महत्वपूर्ण छ। एजेन्सी
Facebook Comments


























