बाँके, पुस २६ । नेपालगन्ज उपमहानगरपालिका-२० मनिकापुरबाट १ थान कटुवा पेस्तोलसहित सोही उपमहानगरपालिका-१३ बस्ने २६ वर्षीय पंकज कुर्मीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पेस्तोल सहित फेला पारी उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Facebook Comments

























