पुस २२ । प्रिमियर लिग क्लब आर्सनलका मिडफिल्डर एन्सले मेटल्यान्ड नाइल्स इटालियन क्लब रोमा जाने भएका छन्।
इंग्लिस मिडफिल्डर बाँकी सिजनको लागि लोनमा रोमा जाने भएका हुन्। उनलाई लोनमा अनुबन्ध गर्न रोमा राजी भएको छ। २४ वर्षीय मिडफिल्डर मेडिकलका लागि इटाली पुगिसकेका छन्।
एन्सलेले यस सिजन ११ खेल खेलेका छन्। प्रिमियर लिगमा उनले दुई खेल मात्र सुरुआती-११ मा खेलेका छन्।
Facebook Comments


























