पुस २२ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिददर ११८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११९ रुपैयाँ २८ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ १९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ६२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ४३ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ६० पैसा र बिक्रीदर ३२ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























