चितवन, पुस १९ । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा दुई हजार २७८ जना नयाँ मतदाता थपिएका छन्। सो नगरपालिकामा पुस ४ गते देखि १८ गते सम्म फोटो सहितको मतदाता नामाबली संकलन गरिएको थियो।
पुरुष १ हजार १८५ र महिला १ हजार १०२ गरी दुई हजार २७८ जना नयाँ मतदाता थपिएको नगरपालिकाकी प्रशासन शाखा अधिकृत उर्मिला दाहालले जानकारी दिइन।
चितवनका सातवटा पालिकामा १८ हजार बढी नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार कार्तिक मसान्त सम्म चितवनमा तीन लाख ७८ हजार ७२१ मतदाता संख्या रहेको थियो।
Facebook Comments


























