पुस १८ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानेस्टर सिटी र टोटेनहम विजयी भएका छन्।
शनिबार राती भएका खेलमा सिटीले आर्सनललाई २–१ र टोटनहमले वार्टफोर्डलाई १–० गोलले हराएको हो। सिटीलाई जिताउन रियाद मेहेराज र रोड्रीले एक-एक गोल गरेका थिए। आर्सनलका लागि बुकायो साकाले एक गोल फर्काए पनि जितका लागि प्रयाप्त भएन।
टोटेनहमको जितमा डिभिन्जन सान्चेजले गोल गरे। जितपछि सिटी २१ खेलबाट ५३ अंकसहित लिगको शीर्ष स्थानमा छ भने आर्सनल ३५ अंकसहित चौथो स्थानमा छ।
यस्तै टोटेनहम ३३ अंकसहित छैटौं स्थानमा छ। आइतबार राती नै भएको अर्को खेलमा वेष्टह्यामले क्रिस्टल प्यालेसलाई ३–२ गोलले हराएको छ।
Facebook Comments


























