पुस १२ । शेयर बजार परिसूचक नेप्से आज सोमवार झन्डै ७० अङ्कले घटेको छ। नेप्से आज ६९ दशमलव ७७ अङ्कले घटेर दुई हजार पाँच सय २१ दशमलव ६५ विन्दुमा झरेको हो।
आज सबै समूहको शेयर घटेर राताम्मे भएको छ। बीमा, उत्पादन, विकास बैंक र जलविद्युत् कम्पनीको शेयर उच्च अङ्कले घटेको छ।
आज दुई सय ३८ कम्पनीका एक करोड दुई लाख कित्ता शेयर पाँच अर्ब ६० करोड ७४ लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै नबिल बैंकको ३० करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ।
आज जोशी हाइड्रोपावरको शेयर साढे आठ प्रतिशत तथा घलेम्दी हाइड्रो, सानिमा जनरल इन्स्योरेन्स र जानकी फाइनान्सको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ। समग्र बजार राताम्मे हुँदा पनि मध्य भोटेकोसी जलविद्युत् र गोर्खाज फाइनान्सको शेयर १० प्रतिशतले बढेको छ।
Facebook Comments


























