पुस १२ । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएकोमा आज १०० रुपैयाँले बढेर प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएको हो। तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको छ।
सोमबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको थियो।
Facebook Comments


























