पुस १२ । हरर जनरामा निर्माण भएको फिल्म ‘कठपुतली’ को नयाँ ट्रेलर सार्वजनिक भएको छ। फिल्मका प्रमुख पात्र कर्मा वरपर केन्द्रीत ट्रेलरमा उनी कठपुतलीबाट डराइरहेको देखाइएको छ।
विविध परिस्थितिका कारण एक राजकुमारले एक विकट ठाउँको दरबारभित्र सामना गर्नुपरेका रहस्यहरु तथा अदृश्य शक्तिहरूबाट बच्नको लागि गरेको संघर्षको कथा ट्रेलरमा देखाइएको छ।
भीमसेन लामा निर्देशित फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा माष्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय छ। पुष १६ गतेबाट रिलिज हुने फिल्ममा पृथ्वी राना मगरको निर्माण छ।
सम्पदा मल्लको लेखन रहेको फिल्ममा अष्ट्रेलियाका छायाकार जोएल फ्रूमको छायांकन, विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापाको सह–निर्माण छ।
Facebook Comments


























