काठमाडौँ, पुस ४ । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कम्प्याप्ट (एमसीसी) आर्थिक सहयोगको विषयमात्र बन्नुपर्ने बताएका छन्।
काठमाडौँमा समाजवादी प्रेस संगठनले सोमबार गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमसीसी आर्थिक सहयोगको मात्र विषय बन्नुपर्ने र यसले छिमेकी देशसँगको सम्बन्धमा असर पर्न नहुने बताए। उनले सैन्य गठबन्धन समावेश गर्ने कुरा स्वीकार्न नसकिने स्पष्ट पारे।
एमसीसी विशुद्ध आर्थिक सहयोगको विषय बनोस्, नेपालको सार्वभौमसत्तासँग जोडिने, छिमेकीहरूसँग असर पर्ने नहोस्,’ उनले भने।
एमसीसीबारे सत्तारुढ गठबन्धनमा साझा धारणा बनाउने प्रयास भइरहेको जानकारी दिएका उनले एमसीसीबारे अध्ययन गर्न सत्तारुढ दलहरुले तीन नेतालाई जिम्मेवारी दिएको बताए।
Facebook Comments


























