पुस ५ । चिलीमा वामपन्थी नेता गेब्रियल बोरिक नयाँ राष्ट्रपति बनेका छन्।
दक्षिणपन्थी प्रतिद्वन्द्वी जोसे एन्टोनियो कास्टलाई १२ प्रतिशतले मतले पराजित गर्दै ३५ वर्षीय बोरिक राष्ट्रपतिमा निर्वाचित भएका हुन्। अन्तिम मतपरिणाम अनुसार बोरिकले ५६ प्रतिशत मत प्राप्त गर्दा कास्टको पक्षमा ४४ प्रतिशत मात्रै मत परेको थियो।
चिलीमा सरकारबिरुद्ध भएको आन्दोलनका क्रममा बोरिकले चिलीमा स्थिर अर्थब्यबस्था अवलम्बन गर्ने बाचा गरेका थिए। एजेन्सी
Facebook Comments


























