काठमाडौं, पुस ५ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज सोमबार एक खेल हुँदैछ।
पाँचौं चरणको अन्तिम खेल अन्तर्गत सोमबार एक खेल हुन लागेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा फ्रेन्ड्स क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। फ्रेन्ड्स र एपीएफबीचको खेल १ बजे सुरु हुनेछ।
फ्रेन्ड्स र एपीएफ रेलिगेसन क्षेत्रमा रहेका छन्। दुबै टिम जित विहीन रहेका छन्। फ्रेन्ड्स ४ खेलमा २ अंक जोडेर १३ औं स्थानमा रहेको छ। आज एपीएफलाई हराउँदै फ्रेन्ड्स रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ।
यता, एपीएफ ४ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ। एपीएफ फ्रेन्ड्सलाई हराएर पहिलो जित निकाल्ने योजनामा हुनेछ।
Facebook Comments


























