पुस ५ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटेनहमले बराबरी खेल्दै अंक बाडेका छन्।
आइतबार राति भएको रोमान्चक खेलमा लिभरपुल र टोटेनहमले २-२ गोलको बराबरी खेलेको हो। टोटेनहमको घरेलु मैदानमा सुरुआती समेत घरेलु टोलीले बनाएको थियो।
खेलको १३ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई १-० को अग्रता दिलाएका थिए। तर, ३५ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा ल्याए।
खेलको ६९ औं मिनेटमा एन्ड्रयु रोबर्टसनले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए। तर, खेलको ७४ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा ल्याए।
यस्तै खेलको ७७ औं मिनेटमा रोबर्टसनले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा समेटिएको थियो। त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो।
यस बराबरीसँगै लिभरपुलले १८ खेलमा ४१ अंक जोडेको छ। लिभरपुल दोस्रो स्थानमा रहेको छ। टोटेनहम २६ अंक जोडेर सातौं स्थानमा रहेको छ।


























