पुस ३ । यो सातामा सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले साताभरमा सुनको मूल्य करिब १५०० रुपैयाँले बढेको जानकारी दिएको छ। गत साताको शुक्रबारदेखि यो साताको शुक्रबारसम्म सुनको मूल्यमा उक्त वृद्धि आएको हो।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ थियो। जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा प्रतितोला १५०० ले बढेर ९४ हजार रुपैयाँ पुगेको छ। यस्तै, गत साताको शुक्रबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य हिजो शुक्रबार ९३ हजार ५०० रुपैयाँ पुगेको छ।
यसका साथै, साताभरमा चाँदीको मूल्य समेत प्रतितोला ६० रुपैयाँले उकालो लागेको महासंघले जानकारी दिएको छ। चाँदी गत साताको शुक्रबार प्रतितोला ११ सय ९० रुपैयाँमा कारोबार भएको थियो। जुन, हिजो शुक्रबार तोलामा १२ सय ५० रुपैयाँ कायम भएको महासंघले बताएको छ।


























