काठमाडौं, पुस ३ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज शनिबार तीन खेलहरु हुँदैछन्। पाँचौं चरणको खेल अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछ। एक खेल भने पोखरामा हुनेछ।
दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। च्यासल र जावलाखेलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ।
च्यासल ४ खेलमा ४ अंक जोडेर दशौँ स्थानमा रहेको छ। जावलाखेल १ अंक जोडेर १३ औं स्थानमा रहेको छ। रंगशालामा हुने अर्को खेलमा थ्री स्टार क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ। दुई टोलीबीचको खेल अपरान्ह पौने ५ बजे सुरु हुनेछ।
थ्री स्टार ४ खेलमा ५ अंक जोडेर छैटौं स्थानमा रहेको छ। एनआरटी ५ अंक जोडेर नवौं स्थानमा रहेको छ। पोखरा रंगशालामा हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। मनाङ र पुलिसबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ।
सहिद स्मारक ‘ए’ डिभिजन लिगको इतिहासमा पहिलो पटक उपत्यका बाहिर खेल हुन लागेको हो। कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ ४ खेलमा १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ। मनाङ पुलिसलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ।
पुलिस ४ खेलमा ५ अंक जोडेर आठौं स्थानमा रहेको छ। पुलिस आर्मीलाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ।

























