चितवन ०२ पौष । भरतपुर १० स्थित अर्किड स्कुलले आयोजना गरेको ‘पब्लिक स्पिकिङ च्याम्पियनसिप-२०७८’ मा कक्षा ८ की आयुश्री पौडेल च्याम्पियन बन्न सफल भएकी छन्। कक्षा ७ मा अध्ययनरत विपु पण्डित फर्स्ट रनर अप, कक्षा ६ मा अध्ययनरत उपासना कँडेल सेकेन्ड रनर अप र कक्षा ६ मा अध्ययन गर्ने रिमिशा कर्ण थर्ड रनर अप भए। विद्यार्थीहरुको वाककला प्रतिभा प्रष्फुटनको लागि आयोजना गरिएको कार्यक्रममा २५ जना विद्यार्थीहरुले बोल्ने कला प्रदर्शन गरेका थिए।
स्कुलकी अतिरिक्त क्रियाकलाप संयोजक प्रतीक्षा श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा सञ्चारकर्मीद्वय मनोज पन्त र करिश्मा थापाले निर्णायकको भूमिका निर्वाह गरेका थिए। विजेता विद्यार्थीहरुलाई विद्यालयका सह-प्राचार्य ओमराज मैनालीले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए।
Facebook Comments


























