चितवन ०२ पुस । फोहोर न्यूनिकरण तथा व्यवस्थापनका लागि नेपाल विकास समाज, भरतपुर–५ ले आयोजना गरेको हस्तशिल्पसम्बन्धी तालिम शुक्रबार सकिएको छ। भरतपुर महानगरपालिकाको वडा नं. १, २ र ३ लक्षित उक्त कार्यक्रममा पाँच दिनसम्मको सीपबाट सिकेका सीपसमेत प्रदर्शन गरिएको थियो। फोहोलाई पनि उचित व्यवस्थापन गरे यसबाट आयआर्जन गर्न सकिने उदाहरण देखाउन पनि तालिमको आयोजना गरिएको हो।
भरतपुर महानगरपालिकाले संयोजन गरेको कार्यक्रममा तुलसा ज्ञवाली र ईन्दिरा सापकोटाले प्रशिक्षण दिएका थिए। समापन कार्यक्रममा शुक्रबार ‘समाजका लागि एकछिन’ नारासहित सञ्चालित वे ग्रुपका संस्थापक अध्यक्ष भोजनारायण कँडेलको समेत उपस्थिति थियो।
उक्त कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १ की कार्यबाहक अध्यक्ष यमबहादुर बाचेमगरमार्फत सहभागीबाटै निर्मित सामग्रीको मूल्यांकन गरी चारजनालाई पुरस्कृतसमेत गरिएको छ। वडा नम्बर १, २ र ३ मा भएको कार्यक्रम अन्य वडा पनि बिस्तार गर्दै लैजाने नेपाल विकास समाजले जनाएको छ।


























