चितवन, पुष १ । रत्ननगर १ निपनीमा रहेको गायत्री हरिहर मन्दिरमा आजबाट श्रीमद्देवी भागवत महापुराण एवंम धन धान्याचल ज्ञान महायज्ञ सुरु भएको छ। महायज्ञ आयोजक मन्दिर संरक्षण समितिले मन्दिर परिसरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिे महायज्ञ आजबाट सुरु भई षौष ९ गतेसम्म सञ्चानल हुने जानकारी दिएको हो।
मन्दिर परिसरमा सञ्चालित गुरुकुलमको ब्यवस्थापन र निर्माणाधीन धर्मशालाको सहयोगार्थ महायज्ञ गरिएको संरक्षण समितीका सचिव सोम प्रसाद भट्टले जानकारी दिए। प्रमुख बाचक पण्डित निर्मल पौडेलबाट बाचन हुने कथा प्रवचनमा उप बाचकको रुपमा पण्डित उपेन्द्र मरहठ्ठा रहेका छन्। महायज्ञ विहान पुजापाठबाट सुरु भएर दिनभर कथा वाचन,प्रवचन र साझँ पुष्पाञ्जली आरती र भजन कृतन हुने महायज्ञ संयोजक सरला सुवेदीले बताइन्। सुवेदीले निर्माणाधिन धर्मशाला पुर्वि चितवनकै ठुलो भएको दावी गर्दै धर्मशाला निर्माणका लागि सवैको साथ र सहयोग रहने विश्वास ब्यक्त गरिन्।
कार्यक्रममा धर्मशाला निर्माण समितिका अध्यक्ष शंकर गिरी,निवर्तमान अध्यक्ष वेद पुरि,मन्दिरका वरिष्ठ उपाध्यक्ष निलकण्ठ शर्मा पौडेल, कोषाध्यक्ष मुकुन्द शर्मा पौडेल, महायज्ञका सह-कोषाध्यक्ष रामचन्द्र मिश्र लगायतको उपस्थिती रहेको थियो।


























