चितवन, पुस १ । भरतपुर विमानस्थलबाट काठमाडौंका लागि उडेको जहाज पुनः भरतपुर विमानस्थलमै अवतरण गरेको छ।
१८ यात्रु बोकेर उडेको विमान केही मिनेटमै अवतरण गरेको हो। उड्ने क्रममा धावनमार्ग छाड्ने बित्तिकै सिटमुनिबाट धुवा निस्किएपछि आकस्मिक अवतरण गराईएको भरतपुर विमानस्थलले जनाएको छ।
यात्रु सकुसल रहेको र ती यात्रुहरूलाई अर्को जहाजमा पठाइने भरतपुर विमानस्थलका सूचना अधिकारी दीपक विकले जानकारी दिए। वुद्ध एयरको 9A AEE नम्बरको जहाज फर्काईएको छ। जहाज धावनमार्गमा रहेकाले बाहिरल्याउने प्रयास भईरहेको विमान स्थलले जनाएको छ।
Facebook Comments


























