पुस १ । आईसीसी टी–ट्वान्टी क्रिकेटको ब्याटिङ वरीयतामा नेपाली ब्याट्सम्यान कुशल भुर्तेलको वरीयता यथावत रहेको छ।
आईसीसीले अपडेट गरेको नयाँ वरीयता अनुसार कुशलको वरीयता यथावत रहेको हो। कुशल नयाँ वरीयताको ५५ औं स्थानमा रहेका छन्। यस अघि कुशल ५५ औं स्थानमा थिए। ब्याटिङतर्फ नेपालका पूर्व कप्तान पारस खड्का भने ९४ औं स्थानमा छन्।
यस्तै वर्तमान कप्तान ज्ञानेन्द्र मल्ल ९९ औं स्थानमा झरेका छन्। बलिङतर्फ लेग स्पिनर सन्दीप लामिछाने ८८ औं स्थानमा छन्।
Facebook Comments


























