चितवन, मंसिर २९ । नेपालमा पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न अस्पतालबाट ३०० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। निको हुने दर ९७ दशमलब ९ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार २१२ जनाको पीसीआर परीक्षणमा २५२ र २ हजार ७८२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २८ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























