मंसिर २९ । बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्ट हरिकेन्स हार व्यहोरेको छ।
मंगलबार भएको खेलमा होबार्ट पर्थ स्कोचर्ससँग ५३ रनले पराजित भएको हो। पर्थले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको होबार्ट १९ ओभरमा अलआउट हुँदै १ सय २९ रनमा समेटियो।
होबार्टका बेन म्याकडेरमोटले ४१ रन बनाए। डी’आर्ची सर्टले ३१ रन जोड्दा सन्दीपले अविजित १३ रन बनाए। यस्तै टिम डाभिडले १७ रन जोडे। पर्थका ट्यामल मिल्सले ३ तथा एस्टन अगर र एन्ड्रयु टेले २/२ विकेट लिए।
यस अघि पहिले ब्याटिङ गरेको पर्थले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो। पर्थका लागि मिचेल मार्शले अविजित १०० रनको शतकीय इनिङ्स खेले। लाउरी इभान्सले ४० रन जोडे।
होबार्टका नाथन एलिसले २ विकेट लिए। सन्दीपले १ विकेट लिए। जितसँगै पर्थ १० अंकसहित शीर्ष स्थानमा छ। होबार्ट ३ खेलमा ६ अंकसहित पाँचौँ स्थानमा छ।


























