मंसिर २६ । सेयर बजार परिसूचक नेप्से २४०० को बिन्दुबाट तल झरेको छ। मौद्रिक नीति समीक्षापछि लगातार घट्दो क्रममा देखिएको नेप्से घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ। साताको पहिलो कारोबार दिन यो समाचार तयार पार्दासम्म बजार परिसूचक नेप्सेमा ६९.४९ अंकको गिरावट हुँदा २३८०.४८ अंकको बिन्दुमा झरेको छ।
सुरुआतबाट लगातार घटरिहेको नेप्से करिब ९ महिनापछि २३०० अंकको बिन्दुमा झरेको हो। २०२१ मार्च १६ मा २०० बिन्दुमा रहेको नेप्से आज डिसेम्बर १२ मा २३०० बिन्दुमा ओर्र्लिएको हो।
बजार परिसूचक २३०० बिन्दुमा झर्दा २ बजेर १३ मिनेटसम्म २ अर्ब ८ करोडको कारोबार भएको छ। सबै उपसूचकमा गिरावट हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि २.३१ प्रतिशतले घटेको छ भने विकास बैंक र हाइड्रोपावर उपसूचकमा उच्च गिरावट भएको छ। रासस
Facebook Comments


























