मंसिर २५ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्ट हरिकेन्सले बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा आज सिड्नी सिस्कर्ससँग प्रतिस्पर्धा गर्दैछ।
होबार्टले दोस्रो खेलमा सिड्नीसँग उसैको मैदानमा दिउँसो १ बजेर २० मिनेटमा खेल्नेछ। सिड्नीविरुद्ध सन्दीप प्लेईङ सेटमा पर्ने सम्भावना रहेको छ।
सन्दीपले लगातार दोस्रो सिजन होबार्टबाट खेल्न लागेका हुन्। सन्दीपले गत सिजन होबार्टका लागि ८ खेल खेल्दै ८ विकेट लिएका थिए। त्यसअघि सन्दीपले मेलबर्न स्टार्सबाट बिग बास लिग खेलेका थिए। सन्दीप बिग बास लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन्।
Facebook Comments


























