काठमाडौं, फागुन २७ । पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको अन्तिम क्वाटरफाइनल खेल मंगलबार हुँदैछ।
पोखरा रंगशालामा हुने अन्तिम क्वाटरफाइनलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो साँढे २ बजे सुरु हुनेछ। दुवै टिम जित निकाल्दै अन्तिम चारमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन्।
साविक उपविजेता टिम आर्मी यस पटक भने उपाधि जित्ने लक्ष्यमा रहेको छ। अघिल्लो संस्करणमा आर्मी फाइनलमा थ्री स्टारसँग पराजित भएको थियो। आहा रारा गोल्डकपमा आर्मीले १५ संस्करण खेलिसकेको छ। तर, आर्मीले उपाधि जित्न सकेको छैन। आर्मी २०६५, ६६, ७२ र ७५ सालमा उपविजेता बनेको थियो।
आर्मीले यस प्रतियोगितामा २८ खेल खेल्दा ३९ गोल गरेको छ भने २५ गोल खाएको छ। आर्मीले पाँच टाइब्रेकर खेलमा भने पाँचै खेल हारेको छ। संकटाले भने चार संस्करण खेलेको छ। जसमा ७ खेल खेलेको हो। संकटाले पाँच गोल गर्दा ७ गोल खाएको छ।
आर्मी र संकटाबीचको विजेताले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ। मनाङ झापा-११ लाई १-० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा पुगिसकेको छ। सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका छन्।
प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











