दाङ, मंसिर २३ । दुई लाख नगदसहित दाङमा ६ जना जुवाडे पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरू घोराही-१३ डुम्मरगाउँबाट पक्राउ परेका हुन्।
३२ वर्षीय निमबहादुर भण्डारीको घरबाट जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा ३२ वर्षीय भण्डारी, रोल्पा माडी गाउँपालिका(४ का ५७ वर्षीय रणे वली, सोही गाउँपालिका-३ का ४० वर्षीय कुलबहादुर खड्का, ३० वर्षीय रामकृष्ण खड्का रहेका छन्।
४० वर्षीय राजेश वली र रोल्पा परिर्वतन गाउँपालिका-४ बस्ने ३८ वर्षीय ललित बुढा पनि पक्राउन परेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।
पक्राउ परेकाहरूको साथबाट नगद एक लाख ९७ हजार सात सय ५५ रुपैयाँसहित पाँच बुक तास बरामत भएको छ।
Facebook Comments


























