मंसिर २२ । चलचित्र बुलाकीको छायाँकन सकिएको छ। दुईवटा गीत बाहेकको छायाँकन सकिएको चलचित्र निर्माण टोलीले जनाएको छ। डोल्पामा छायाँकन गरिएको यो चलचित्रको काम २४ दिनमा सकिएको हो।
चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरेका छन्। २ गीतको छायाँकन पुस महिनापछि गर्ने निर्माण टोलीले जनाएको छ।
जार प्रथामा आधारित रही बनेको यो चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, प्रकाश कँडेल, सरस्वती खत्रीको मुख्य भूमिका रहेको छ ।
चलचित्रमा रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई, कमल गाउँलेको पनि अभिनय रहेको छ।
मोति विष्टको प्रस्तुति र गोपाल विष्ट निर्माता रहेको चलचित्रको कथा निर्देशक सुनारले नै लेखेका हुन्। सौगात कँडेल सह–निर्माता सिनेमालाई शिव ढकालले खिचेका हुन्।
Facebook Comments


























