मंसिर १९ । नेपालले एसीसी यु–१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने भएको छ।
एसिया कप युनाईडेट अरब इमिरेट्स (युएई) मा डिसेम्बर २० देखि जनवरी २ तारिखसम्म हुने तालिका रहेको छ। नेपाली क्रिकेट संघ (क्यान) का कार्यवाक सचिव प्रशान्त विक्रम मल्लले नेपालले एसिया कपमा सहभागिता जनाउने बताए।
उनका अनुसार प्रतियोगिताका लागि नेपाल डिसेम्बर १९ सम्म प्रतियोगिता आयोजना हुने स्थलमा पुग्नुपर्नेछ। तर प्रतियोगिता स्थलको अन्तिम टुंगो भने अझै सुनिश्चित हुन बाँकी रहेको मल्लले बताए।
मल्लका अनुसार काठमाडौंमा जारी वाई–वाई यु–१९ क्रिकेट प्रतियोगिता एसिया कपकै छनोटका लागि आयोजना भएको हो। क्यानले सकेसम्म आईतबार नै नेपाली टोलीको घोषणा समेत गर्ने मल्लले जानकारी गराए। एसिया कपमा नेपालसँगै आयोजक युएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र कुवेतको सहभागिता रहने छ।


























