मंसिर १८ । आज सूर्यग्रहण लाग्दैछ। सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने खगोलविद्हरुले बताएका छन्।
झण्डै चार घण्टा आठ मिनेट लाग्ने सूर्यग्रहण नेपालबाट भने नदेखिने पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए। उनका अनुसार यो ग्रहण नेपालमा रात परेपछि मात्रै लाग्नेछ। यसको प्रभाव नेपालमा नरहने भएकाले सूतक बार्न नपर्ने उनले बताए।
Facebook Comments


























