काठमाडौं, मंसिर १८ । च्यासल र एनआरटी शनिबार सहिद स्मारक लिग ए डिभिजन ०७८ को दशरथ रंगशालामा हुने दोस्रो खेलमा भिड्ने छन्।
यी दुई टिमबीच लिगमा अहिलेसम्म दुई खेल मात्र भएको छ र त्यसमा दुवैको स्थिति बराबरी छ। यी दुई खेलमध्ये एकमा एनआरटीविरुद्ध रहेको थियो भने अर्कोमा च्यासल।
वर्ष ०७५ मा च्यासलले पहिलो पल्ट माथिल्लो डिभिजनको लिग खेलेको थियो र त्यसमा एनआरटीमाथि सनसनीपूर्ण ५-१ को जित निकाल्न सफल रह्यो। तर त्यसको अर्को संस्करण वर्ष ०७६ मा एनआरटीले च्यासललाई २-१ ले हराएको थियो।
अहिलेसम्म आफ्ना दुई /दुई खेलमा खेलमा अपेक्षित प्रदर्शन गर्न नसकेका च्यासल र एनआरटीबीच तेस्रो खेलमा बराबरीकै प्रतिस्पर्धा चल्नेछ।
Facebook Comments


























