चितवन, मंसिर १६ । नेपालमा थप २०१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।
यस्तै, ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३१५ जना संक्रमित थपिएका हुन्।पछिल्लो २४ घण्टामा ११ हजार ४०३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
९ हजार ५११ जनाको पिसिआर परीक्षण र १८९२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल ७ हजार ०४५ जना सक्रिय संक्रमित छन्। यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ।
Facebook Comments


























